लोकसेवाको परीक्षामा रोक नलगाउन आदेश

पत्रपत्रिकाबाट

सोमबार, ३२ साउन २०७८, ०८ : २२
लोकसेवाको परीक्षामा रोक नलगाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भए पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले लोकसेवा आयोगबाट सञ्चालन गरिन लागिएको कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको हो ।

हाल देशमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको उल्लेख गर्दै केदारकुमार अधिकारीसमेतले लोकसेवा आयोगबाट लिइने सम्पूर्ण परीक्षा स्थगित गर्न आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस