एजेन्सी । अफगानिस्तान यतिबेला पूर्णरुपमा तालिवानको नियन्त्रण नजिक रहेको छ । यहीबीच आइतबार राष्ट्रपति अशरफ गानी देश छाडेर भागेका छन् । रिपोर्टअनुसार उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेका छन् ।
सुरुवाती रिपोर्टमा उनी ताजकिस्तानतर्फ भागेको उल्लेख गरिएको थियो । यसबारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन । अल जजिराको पछिल्लो रिपोर्टअनुसार गानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्वेकिस्तानको राजधानी पुगेका छन् । राष्ट्रपतिको व्यक्तिगत सुरक्षागार्डलाई हवला दिँदै अलजजिराले यस्तो उल्लेख गरेको हो ।
यसैबीच गानीले फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै काबुल छाड्नु एक कठिन निर्णय भएको बताएका छन् । रक्तपात रोक्नका लागि आफूले काबुल छाडेको उनको भनाइ छ । उनको दावीअनुसार तालिवान काबुल प्रवेश गरेपछि झडपमा लाखौको ज्यान जान सक्थ्यो ।
उनले भनेका छन्, ‘आज मलाई एक कठिन निर्णय लिनुपर्ने अवस्था आइपर्यो । मैले कि तालिवानको सामना गर्नुपथ्यो कि त रक्तपात रोक्न देश छाड्नुपथ्र्यो ।’ आफूले देश नछाडेको भए देशमा ठूलो मानविय त्राशदी हुने उनको भनाइ छ । तरबार र बन्दुकको बलमा तालिवान सत्तामा पुगेको र अब जनताको जिवत रक्षा गर्ने दायित्व उसैको हुने गानीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३२ साउन २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने