तालिवानले भन्यो–अफगानिस्तानमा अब युद्ध सकियो

एजेन्सी

सोमबार, ३२ साउन २०७८, ०७ : ४१
तालिवानले भन्यो–अफगानिस्तानमा अब युद्ध सकियो

एजेन्सी । तालिवानको प्रवक्ताले अफगानिस्तानमा युद्ध समाम्त भएको प्रतिक्रिया दिएका छन् । समाचार च्यानल अलजजिरालाई अन्तर्वार्ता दिँदै तालिवानका प्रवक्ता मोहम्मद नइमले यस्तो बताउँदै आफूहरुको संगठनले अन्तर्राष्ट्रिय समूदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको बताए । उनीहरुसँग अफगानिस्थानको सम्बन्धमा कुनैपनि मुद्दाबारे छलफल गर्न चाहेको पनि उनको भनाइ छ । 

उनले तालिवानको अबको एकमात्र ध्यान देशमा शान्ति कायम गर्नुतर्फ रहेको बताउँदै तालिवानको सत्तापछि देश कसरी चल्छ भन्ने उदाहरण प्रस्तुत हुने बताए । उनले संगठनको सरिया कानुनमा महिला र अल्पसंख्यको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिने पनि प्रतिबद्धता जनाए । 

अफगानिस्तानले कसैको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति आफूहरुको रहने र अरुले पनि आफ्नो देशको लागि त्यस्तै गरोस् भन्ने चाहेको बताए । ‘२० वर्षको प्रतिक्षापछि हामी काबुल पुग्न सफल भयौँ, जहाँ हामी पुग्ने लक्ष्यमा थियौँ । हामी आफ्नो देशको स्वतन्त्रताका साथै जनताको स्वतन्त्रता चाहन्थ्यौँ । हामी न हाम्रो भूमि कसैलाईको विरुद्धमा प्रयोग हुन दिन्छौं न त हामी कसैलाई गर्न चाहन्छौँ ।

उनले देशमा विदेशी सेना नचाहिने स्पष्ट पारे ।  समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार तालिवान राजधानी काबुलमा प्रवेश गरेपछि राष्ट्रपति असरफ गानीले देश छाडेका छन् । उनले देशमा रक्तपात नहोस् भनेर आफूले यो निर्णय लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस