आँपको बोक्रालाई नठान्नुहोस् बेकार, चाउरी कम गर्नेदेखि डण्डीफोर हटाउने

एजेन्सी

आइतबार, ३१ साउन २०७८, १३ : ३४
आँपको बोक्रालाई नठान्नुहोस् बेकार, चाउरी कम गर्नेदेखि डण्डीफोर हटाउने

चितवन । फलफूलको राजा भनेर आँपलाई भन्ने गरिन्छ । कति त आँप खान पाइन्छ भनेर नै गर्मी महिनाको प्रतीक्षा गरिरहेका हुन्छन् । आँप खानमा स्वादिलो हुनुका साथै यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ । यसले गर्मीको दिनमा शरीरलाई चिसो राख्ने गर्छ ।

धेरैले आँपको बोक्रालाई बेकारको ठानेर डस्टबीनमा फ्याँक्ने गर्छन् । तर यसले तपाईंका विभिन्न समस्या टाढा राख्ने गर्छ भन्ने थाहा छ ? आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरिएको हुन्छ । यसले तपाईंको स्वास्थ्य र सौन्दर्यसँग जोडिएका थुप्रै समस्या टाढा राख्ने गर्छ । आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरपुर हुन्छ । यसका फाइदाबारे जानकारी लिऔं ।

एन्टीअक्सिडेन्टले भरपुरः

साधारणतया आँपको बोक्रामा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्टले भरपुर हुन्छ । एन्टीअक्सिडेन्टले फ्री रेडिकल्सबाटबाट हुने हानीलाई काम गर्ने काम गर्छ । फ्रि रेडिकल्सले शरीरका सबै हिस्सालाई प्रभावित गर्छ जसमा छाला, आँखा यहाँसम्म कि मुटुसम्म पनि समावेश छ ।

चाउरीपनबाट राहतः

आँपको बोक्रामा छालालाई सफा गर्ने गुण हुन्छ । यसले समयअगावै देखिने चाउरीपनलाई नष्ट गर्ने गर्छ । यद्यपि, यो एउटा प्राकृतिक प्रक्रिया हो र यसलाई रोक्न सकिँदैन तर यसलाई नियन्त्रण भने गर्न सकिन्छ । फ्रि रेडिकल्स, वायु प्रदुषण, तनावका कारण अनुहारमा चाउरी पर्छ । यसबाहेक यसले कालो दाग कम गर्छ र अनुहारमा निखार ल्याउँछ । आँपको बोक्राले बनेको पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राख्नुहोस् र पानीले धुनुहोस् । आँपको बोक्रालाई पेस्ट बनाउनका लागि यसलाई घाममा केही दिनसम्म सुकाउनुहोस् ।

डण्डीफोरबाट छुटकाराः

आँपको बोक्राको प्रयोग अनुहारमा डण्डीफोर हटाउनका लागि गर्न सकिन्छ । आँपको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा डण्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका साथै आँपको बोक्रालाई पेस्ट बनाएर लगाउँदा दाग धब्बा पनि टाढै रहन्छन् ।

ट्यानिङ हटाउन मद्दतगारः

आँपको बोक्रालाई अनुहार, हात र खुट्टामा दल्नुहोस् । यसमा भएको भिटामिन सीले ट्यानिङ हटाउने काम गर्छ । बोक्रा दलेपछि दही वा नौनीले मसाज गर्नुहोस् । त्यसपछि सफा पानीले धुनुहोस् ।

बगैंचाका लागि सबैभन्दा राम्रो मलः

आँपमा भिटामिन ए, बीसिक्स, सीका साथै फाइबर, कपर, फोलेट पाइन्छ । यद्यपि, मानिसहरु आँपको बोक्रालाई बेकार सम्झेर फ्याँक्ने गर्छन् तर यसमा भिटामिन सी, ई, पोलिफेनोल, क्यारोटिनोयड हुन्छ । यो गर्मीमा आफ्नो बोटबिरुवाका लागि आँपको बोक्रालाई जैविक मलको रुपमा प्रयोग गर्नुहोस् । आँप खाएपछि बोक्रालाई स–सानो टुक्रामा काट्नुहोस् र त्यसलाई एउटा एयरटाइट कन्टेनरमा राख्नुहोस् । आँपको बोक्राका लापग एक गिला िपानी हाल्नुहोस् ।

ढक्कनलाई कसेर बाँध्नुहोस् र २४ घण्टाका लागि छोडिदिनुहोस् । भोलिपल्ट कन्टेनर खोल्नुहोस् र बोक्रालाई चलाउनुहोस् । त्यसपछि ढक्कन बन्द गर्नुहोस् र त्यसपछि २४ घण्टासम्म प्रतीक्षा गर्नुहोस् । तेस्रो दिन यो पानीलाई छान्नुहोस् । यसलाई एक गिलास पानी हालेर पातलो बनाउनुहोस् । यो मिश्रण आफ्नो बोटबिरुवालाई दिनुहोस् । राम्रो नतिजा पाउनका लागि हप्तामा एक वा दुईपटक दोहोराउनुहोस् ।

प्रतिक्रिया दिनुहोस