मुख्यमन्त्री पौडेलद्वारा पुलको उद्घाटन

रासस

शनिबार, ३० साउन २०७८, २० : २५
मुख्यमन्त्री पौडेलद्वारा पुलको उद्घाटन

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढी गाउँपालिकास्थित ज्यामिरे खोलाको पक्की पुलको आज उद्घाटन गरेका छन् । 

मकवानपुरको मकवानपुरगढी गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको संयुक्त लगानीमा शहीद वासुदेव मार्गअन्तर्गत सो खोलामा पक्की पुल निर्माण भएकोे हो । 

सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विगत तीन वर्षको अवधिमा ४५० किलोमिटरभन्दा बढी सडक कालोपत्र र झण्डै २०० किलोमिटर ढलान गरेको बताउँदै सो अवधिमा ५५ वटा पुल र एक हजार किलोमिटरभन्दा बढी सडक निर्माण गरेको जानकारी दिए । 

“विकास निर्माणलाई निरन्तरता दिने प्रदेश सरकारको अभियान हो”, उहाँले भन्नुभयो, “आफू दल, गुट, उपगुटका आधारमा नभई आवश्यकताका आधारमा विकास निर्माणको अभियानलाई अगाडि बढाउने छु ।” 

तत्कालीन जिल्ला विकास समिति मकवानपुरका पूर्वउपसभापति तथा नेकपा(एमाले) का नेता बद्रीप्रसाद लम्सालले सङ्घीय लोकतन्त्रको स्थापनापछि राज्य विकासको युगमा प्रवेश गरेको बताए । 

प्रतिक्रिया दिनुहोस