काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अझ पर धकेलिएको छ । २०७८ मंसिर ९ देखि १२ गतेसम्म महाधिवेसन आयोजना हुने भएको छ । केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले भदौ २३ मा निर्धारित गरिएको महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय भएको हो ।
सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको छ ।
स्थानीय तहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।
प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० साउन २०७८, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस