काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अझ पर धकेलिएको छ । २०७८ मंसिर ९ देखि १२ गतेसम्म महाधिवेसन आयोजना हुने भएको छ । केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले भदौ २३ मा निर्धारित गरिएको महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय भएको हो ।
सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको छ ।
स्थानीय तहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।
प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० साउन २०७८, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो