आजको मौसम : मनसुनी गतिविधी सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, ३० साउन २०७८, ०८ : २४
आजको मौसम : मनसुनी गतिविधी सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जनाएको छ ।

मौसमविदका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने क्रममा देखिएको छ । ‘केही कमजोर रहेको मनसुनी गतिविधि सक्रिय हुने क्रममा छ । अहिले पूर्व र पश्चिमको तराई क्षेत्रमा वर्षा भइरहेको छ ।’

अबको केही दिन देशभर नै सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस