वीरगञ्ज । वीरगञ्जबाट तीन जना युवक पेस्तोलसहित पक्राउ परेका छन् । वीरगञ्ज महानगरपलिका–१२ बस्ने ३५ वर्षका अनिल साह, धरान उप महानगरपालिका–१५ बस्ने ३२ वर्षका रवि पौडेल र पर्साको पकहा मैनपुर गाउँपालिका–७ बस्ने ४० वर्षका विजय कुमार पटेल पेस्तोलसहित पक्राउ परेका हुन्।
वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित एक होटलमा सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेको अवस्थामा तीनै जनालाइ पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका मध्ये अनिल साहको साथबाट एक थान पेस्तोल बरामद गरिएको उनले बताए। पक्राउ परेका तीनै जनालाई हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय नागरिक पेस्तोलसहित पक्राउ
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद
पेस्तोल लिएर नेपाल आएका ४ जना भारतीय पक्राउ