काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन सकेको छैन । केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ । महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न नसक्दा नयाँ कार्यतालिका आउन सकेन ।
बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा जारी छ ।
भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिकाका बारेमा शीर्ष तहमा छलफल भइरहेको छ । कांग्रेस सभापति देउवा निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि नयाँ कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने क्रियाशील सदस्यता विवाद नटुंग्याएसम्म कार्यतालिका ल्याउन नहुने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै