सामाजिक सुरक्षा भत्ताले दलित र गरिवबीचको दूरी बढायो : इन्दु कडरीया

सफल खबर संवाददाता

विहीबार, २८ साउन २०७८, १४ : २७
सामाजिक सुरक्षा भत्ताले दलित र गरिवबीचको दूरी बढायो : इन्दु कडरीया

काठमाडौं । राष्ट्रियसभा सदस्य इन्दु कडरीयाले जनताले पाउने सामाजिक सुरक्षा भत्तामा विभेद भएको बताएकी छिन । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै कडरीयाले सामाजिक सुरक्षा भत्ता दिँदा परिवारको आर्थिक सूचांक हेरेर भत्ता दिनुपर्नेमा जोड दिईन ।

उनले भनिन, ‘जनताले पाउने सामाजिक सुरक्षा भत्तामा विभेद भएको छ, दलित एवं एकल महिलालाई ६० वर्षमा भत्ता दिइने भए पनि जनजाती आदिवासी वा अन्यलाई ७० वर्षमा भत्ता दिइन्छ ।’

उनले थपिन, ‘यसले दलित र गरिवबीचको दूरी बढायो, विभेद निम्त्यायो । सामाजिक भत्ता दिँदा परिवारको आर्थिक सूचांकको आधार मानेर ६० वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरियोस् ।’

प्रतिक्रिया दिनुहोस