काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । बैठकमा महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदनलगायतका मुख्य विषयमा छलफल केन्द्रित हुनेछ ।
बैठकमा पेस गरिने विषयको एकीकृत धारणा तय गर्न सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा नेताहरूको बुधबार रातिसम्म बैठक बसेको थियो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डा। मीनेन्द्र रिजाल, रमेश लेखकलगायतका नेताहरू सहभागी थिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २८ साउन २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)