धनुषा । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई जना कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ साउन २०७८, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर वृद्धा महिलाको मृत्यु
ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर युवकको मृत्यु