केपी ओलीको अर्को पिल्लर ढल्दै, लुम्बिनीमा आज शंकरको पद धरापमा पर्दै

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, ०८ : ३३
केपी ओलीको अर्को पिल्लर ढल्दै, लुम्बिनीमा आज शंकरको पद धरापमा पर्दै

बुटवल । एमाले अध्यक्ष केपी ओलीको अर्का विश्वासपात्र शंकर पोखरेलको पद आज धरापमा पर्दैछ । उनी विरुद्धको अविश्वास प्रस्तावमा आज लुम्बिनी प्रदेश सभामा छिनोफानो लाग्दैछ । प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै एमालेका तर्फबाट सर्वोच्चमा रिट दर्ता गरिएपनि त्यस मुद्धालाई हिजो अदालतले हेर्न नभ्याइनेमा राखिदिएको थियो । आज दिउँसो १ बजे सांसदहरुको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको विशेष अधिवेशन आह्रवान गरिदिएका थिए ।

मुख्यमन्त्री पोखरेलका विरुद्ध काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जसपाले संयुक्त रुपमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमाथी आजको विशेष प्रदेश सभाको बैठकमा छलफल शुरु हुनेछ । तर एमालेले मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्ताव यस अगाडी पनि दर्ता भईसकेको र त्यसपछि दुई वर्ष नपुग्दै फेरि अविश्वास प्रस्ताव ल्याउन नपाइने र त्यसैको छलफलका लागि अधिवेशन बोलाउनु उपयुक्त नहुने भन्दै विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोचचमा रिट बोकेर आएका थिए ।

तर यस अगाडी मुख्यमन्त्री पोखरेलले सत्तामा आफुलाई टिकाईराख्नका लागि केन्द्रमा केपी ओली सरकारमा रहँदा जे  जस्ता हत्कन्डा प्रयोग गर्न खोजेका थिए, उनले पनि त्यस्तै हत्कन्डा प्रयोग गरेका थिए । उनी विरुद्ध अविश्वास प्रस्ताव दर्ता भईसकेको सन्दर्भमा उनले  राजीनामा दिएका थिए । त्यसपछि विपक्षी दलहरुले सरकार गठनको माग गर्न जान नपुग्दै तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले ठूलो र बहुमत प्राप्त दलका आधारमा भन्दै शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिदिएका थिए । त्यसबेला पनि मुख्यमन्त्री पोखरेलले माओवादीतिर लागिसकेका सांसद बिमला वली, राजीनामा दिईसकेका सांसदहरुसम्मको हस्ताक्षर प्रयोग गरेर आफुसँग बहुमत रहेको जिकिर गरेर मुख्यमन्त्री बनाईदिन प्रदेश प्रमुखसँग प्रस्ताव राखेका थिए ।

मुख्यमन्त्री पोखरेलले सत्तामा आफुलाई टिकाईराख्नका लागि केन्द्रमा केपी ओली सरकारमा रहँदा जे  जस्ता हत्कन्डा प्रयोग गर्न खोजेका थिए, उनले पनि त्यस्तै हत्कन्डा प्रयोग गरेका थिए । उनी विरुद्ध अविश्वास प्रस्ताव दर्ता भईसकेको सन्दर्भमा उनले  राजीनामा दिएका थिए । त्यसपछि विपक्षी दलहरुले सरकार गठनको माग गर्न जान नपुग्दै तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले ठूलो र बहुमत प्राप्त दलका आधारमा भन्दै शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिदिएका थिए ।

ओली सरकारले नै नियुक्ति गरेका र प्रदेश प्रमुखको रुपमा स्वतन्त्र भूमिका निर्वाह गर्न भन्दा शंकर पोखरेलको सत्ता टिकाउनका लागि प्रदेश प्रमुख बनाएर पठाएका तत्कालिन प्रदेश प्रमुख यादवले पोखरेलसँग वास्तिविक बहुमत छ, छैन दाज्दै नदाजी मुख्यमन्त्रीमा नियुक्त गरिदिएका थिए । अल्पममतमा रहेका पोखरेललार्इ बहुमतको मुख्यमन्त्रीको घोषणा प्रदेश प्रमुखले गरेर सपथ खुवाएपनि विपक्षी दलहरुले बहुमत उनीसँग नरहेको भन्दै निरन्तर आवाज उठाईरहेका थिए । सोही कारण पोखरेलले प्रदेश सभामा ल्याएको बजेट अन्तिम समयमा पास नहुने देखेपछि एकाएक संसदबाट पछि हटेर संसद अधिवेशन अन्त्य गराई अध्यादेशबाट बजेट ल्याउने काम गरेका थिए ।

सरकार टिकाउन पोखरेलले अनेक हत्कन्डा प्रयोग गर्दा पनि नसकेपछि आज त्यहाँ प्रदेश सभाबाट उनको भाग्यपरिक्षा हुदैछ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गराएका थिए । यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरे पनि प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्त गरिदिएका थिए । लुम्बिनीमा मुख्यमन्त्री पोखरेलको दल एमालेसँग जम्माजम्मी ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ ।

मुख्यमन्त्री पोखरेलले जसपाले पार्टी अनुशासन उल्लंघन गरेको र सरकारबाट फिर्ता हुन निर्देशन दिईसकेका जसपाका सांसदहरुलाई सरकारमै अनेक आश्वासन दिदै टिकाईराखेका थिए । उनले जनता समाजवादी पार्टीभित्रको आन्तरिक विवाद र तत्कालिन नेकपाबाट प्रदेश सभा चुनाव जितेका र माओवादी केन्द्र रोजीसकेका विमला वलीसम्मलाई आफनो समर्थनमा रहेको दावी सहित सरकार टिकाउने अनेक हत्कन्डा अपनाए । तर त्यसमा उनी सफल हुन सकेनन् । उनले विपक्षीको बहुमत पुग्न नदिन एक जना मात्रै सांसदलाई खोस्न सकेपनि सफल हुने नीति अनुसार विमलालाई उनकै निवासवाट गत साउन १५ गते प्रमुख सचेतक भविश्वर ढकाल र स्थानिय नेताहरु प्रयोग गरेर आफ्नै निवास मा बन्धक बनाएर समेत राखे ।

यो आरोप विमला स्यवंले पत्रकार सम्मेलन गरेर खुलासा गरिसकेकी छिन् । आफ्नै निवासमा ४ दिनसम्म बन्धक बनाएर एमालेमा रहेको वक्तब्यवाजी गर्न लगाएर आफनो सत्ता टिकाउने अन्तिम अस्त्र प्रयोग गर्दा पनि पोखरेल सफल हुन सकेनन् । अहिले पनि आफनो सत्ता टिकाउनका लागि उनले अनेक हत्कन्डा प्रयोग गरिरहेकै छन् । विपक्षी दलका कुनै न कुनै एक जना सांसदलाई अनेक प्रलोभन देखाएर आफुमाथीको अविश्वास प्रस्ताव फेल गराउने रणनीतिमा मुख्यमन्त्री पोखरेल जुटेका छन् ।