काठमाडौं । सत्तारुढ पाँच विद्यार्थी संगठनले देशका सबै परीक्षा केन्द्र तथा तोकिएको स्थानहरुमा सबै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सोमबार ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले देशभरका विद्यार्थीहरुलाई खोप नलगाइएको तथा स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमण जोखिम रहेको उल्लेख गरेका छन् । जसका कारण विद्यार्थीहरुलाई मानसिक तनावका साथै परीक्षा हलमा असहज महसुश भएकाले खोपको व्यवस्था गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउनेमा नेविसंघका अध्यक्ष रञ्जित कर्ण, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्
कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
स्मार्ट ट्याबमा पढ्दै रामतुलसी माविका विद्यार्थी