काठमाडौं । सत्तारुढ पाँच विद्यार्थी संगठनले देशका सबै परीक्षा केन्द्र तथा तोकिएको स्थानहरुमा सबै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सोमबार ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले देशभरका विद्यार्थीहरुलाई खोप नलगाइएको तथा स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमण जोखिम रहेको उल्लेख गरेका छन् । जसका कारण विद्यार्थीहरुलाई मानसिक तनावका साथै परीक्षा हलमा असहज महसुश भएकाले खोपको व्यवस्था गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउनेमा नेविसंघका अध्यक्ष रञ्जित कर्ण, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा