भारतको गुजरातमा सडक किनारका छाप्रामा ट्रक पस्दा आठ जनाको मृत्यु

एजेन्सी

सोमबार, २५ साउन २०७८, १४ : ४०
भारतको गुजरातमा सडक किनारका छाप्रामा ट्रक पस्दा आठ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको गुजरातमा सडक किनारमा रहेका छाप्रामा ट्रक पस्दा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्, जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गुजरातको अमरेली जिल्लाको सावरकुण्डलामा उक्त दुर्घटना भएको हो। सडक किनारमा रहेका छाप्रामा करिब २५ जना सुतिरहेको अवस्थामा उक्त ट्रक दुर्घटना भएको बताइएको छ।

दुर्घटनापछि मानिसहरु चिच्याएपछि नजिकैको बस्तीका स्थानीय बासिन्दाले उक्त स्थानमा पुगेर प्रहरीलाई खबर गरेका थिए। गुजरातका मुख्यमन्त्री विजय रुपाणीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका व्यक्तिका परिवारलाई चार–चार लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

साथै घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन पनि उनले निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस