राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकको अध्यक्षता भारतीय प्रधानमन्त्री मोदीले गर्ने

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, १२ : १४
राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकको अध्यक्षता भारतीय प्रधानमन्त्री मोदीले गर्ने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रसंघीय सुरक्षा परिषद् वैठकको अध्यक्षता गर्ने भएका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार भर्चुअल सम्मेलनको अध्यक्षता मोदीले गर्ने छन् । अगस्ट महीनाका लागि परिषद्को अध्यक्षमा भारत चुनिएपछि मोदीले अध्यक्षतामा रुचि देखाउनु भएको हो ।

नेपाली समयानुसार आज बेलुका हुने सम्मेलनमा सामुन्द्रीक सुरक्षाको विषयमा छलफल हुने जनाइएको छ । मोदी सुरक्षा परिषद्को अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन ।

भारतले आफ्नो अध्यक्षताको कार्यकालमा सामुन्द्रीक सुरक्षा, शान्ति सेनामा सहभागिता र प्रतिआतंकवाद जस्ता मुद्दामा छलफल चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस