ग्रीसमा डढेलोले दुई जनाको मृत्यु, हजारौं विस्थापित

एजेन्सी

शनिबार, २३ साउन २०७८, १३ : ५०
ग्रीसमा डढेलोले दुई जनाको मृत्यु, हजारौं विस्थापित

ग्रीस । ग्रीसको जंगलमा अनियन्त्रित रुपमा फैलिएको डढेलोका कारण दुई जनाको मृत्यु भएको छ । अहिले ६ वटा इलाकामा आगो फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।  राजधानी शहर एथेन्सबाट उत्तरीतर्फ पर्ने क्षेत्रमा ठूलो रुपमा धुवाँको मुस्लो देखिन्छ । मानिसहरु आगलागीका कारण घर छाड्न बाध्य छन् । 

आगो निभाउने क्रममा ३८ वर्षीय अग्नि नियन्त्रकको विद्युतको पोल खस्दा मृत्यु भएको छ । देशभर १ सय ५४ वटा जंगलमा आगो फैलिरहेको छ र अग्नि नियन्त्रकहरू यसलाई निभाउन लागिरहेका छन् ।

अनिश्चित वायुका कारण आगो निकै तिव्र गतिमा फैलिरहेको अधिकारीहरुले बताएका छन् । इभिया टापुमा पनि आगोको मुस्लो देखिन्छ । प्राचिन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ । 

धुवाँको मुस्लो घरभित्र र कार्यालयहरूमा पसेपछि एथेन्स बाहिरबाट हजारौं मानिसहरुलाई घर छाड्न भनिएको छ ।

मृतक को हुन् ?
घटनामा मृत्यु हुने दुईजना मध्ये अग्नि नियन्त्रक एक हुन् । अर्का व्यक्ति एथेन्स चेम्बर अफ कमर्सका अध्यक्ष कोन्स्टान्टिनोस मिकालोस हुन् । आगो बलिरहेको क्षेत्र नजिकैको एक कारखानामा उनी अचेत अवस्थामा भेटिएका थिए । अन्य थप २० जना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस