भारतमा फेरि डेल्टा भेरियन्टको त्रास : एक व्यक्तिमार्फत धेरै व्यक्तिहरु संक्रमित हुन थाले

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १२ : ५१
भारतमा फेरि डेल्टा भेरियन्टको त्रास : एक व्यक्तिमार्फत धेरै व्यक्तिहरु संक्रमित हुन थाले

नयाँ दिल्ली । भारतमा फेरि कोरोना भाइरसको डेल्टा भेरियन्टको त्रास बढ्न थालेको छ । डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या पनि बढ्न थालेको छ । 

चेन्नई इन्स्टीच्युट अफ म्याथम्याटिकल साइन्सका अनुसार आरको दर एक महिनामा ०.९३ प्रतिशतबाट बढेर १.०१ प्रतिशत भएको छ । पछिल्लो समय कोरोना एक व्यक्तिबाट अर्को अरु एकभन्दा बढी व्यक्तिहरुमा सर्न थालेको छ । 

के हो आर भ्यालु ? 
डेटा साइन्टिस्ट्सका अनुसार आर फ्याक्टर अर्थात रिप्रोडक्शन रेट संक्रमित व्यक्तिबाट कति व्यक्तिहरु संक्रमित हुनसक्छन् भनेर मुल्याकंन गर्नुलाई आर फ्याक्टर भनिन्छ ।

आर फ्याक्टर १.० भन्दा बढी हुनुलाई संक्रमितको मामिला बढेको भन्ने बुझिन्छ भने आर फ्याक्टर १.० भन्दा कम हुनुलाई संक्रमितको संख्या घट्ने भन्ने बुझिन्छ । यसपछि, यदि १ सय जना व्यक्ति संक्रमित छन् र उनीहरुबाट १ सय व्यक्ति नै संक्रमित हुन्छन् भने त्यसको आर भ्यालु १ नै मानिन्छ भने ८० मानिसहरुलाई संक्रमित गरिरहेको छ भने आरको भ्यालु ०.८० प्रतिशत हुन आउँछ । 

आरको भ्यालु बढ्नु किन चिन्ताजनक ?
मार्चमा आरको भ्यालु बढेर १.४ भएको थियो । यसपछि देशमा मे ९ २०२१ पछि आरको भ्यालुमा गिरावट आएको थियो । मे १५ देखि जुन २६ को बीचमा यो घटेर ०।७८ भएको थियो । तर, जुन २० मा यो बढेर ०.८८ भयो । अब आरको भ्यालु १.०१ भएको छ । त्यसैले यसको भ्यालु बढ्नु चिन्ताजनक मानिन्छ ।