स्मृति सुनारको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग प्रदान

रासस

शनिबार, २३ साउन २०७८, १२ : ४४
स्मृति सुनारको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग प्रदान

काठमाडौं । समाजसेवी सुवोधप्रसाद प्रधानले डेढ वर्षीया स्मृति सुनारको स्वास्थ्योपचारका लागि रु ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन ।

मिर्गौलामा समस्या भई कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको अभिभावक काठमाडौँ महानगरपालिका –१३ टङ्केश्वर निवासी धने र गीतालाई समाजसेवी प्रधानले उक्त रकम प्रदान गरेका हुन ।

अहिले उपचारका क्रममा रहेकी बालिकाको मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि आर्थिक अभावले समस्या भएपछि समाजसेवी प्रधान नेतृत्वको टोलीको पहलमा सहयोग जुटाइएको थियो । 

उक्त टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा समन्वय गरी हालै सिन्धुपाल्चोकमा बाढी पहिराबाट समस्यामा परेका पीडितलाई राहतका साथै करिब रु पाँच लाख बराबरको सहयोग गरेको थियो । कोभिड–१९ का कारण समस्यामा परेका विपन्न वर्गलाई विभिन्न खाद्य सामग्रीसहितको राहत उपलब्ध गराइँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस