टी–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली बंगलादेश विजयी

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, ११ : ५४
टी–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली बंगलादेश विजयी

एजेन्सी ।अष्ट्रेलियाविरूद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । ढाकामा हिजो भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो ।

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार तीन खेल जित्दै सिरिज आफ्नो बनाएको हो । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो। यसअघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनैपनि फर्म्याटको सिरिज जितेको थिएन ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रनमै सीमित रह्यो ।
 

प्रतिक्रिया दिनुहोस