जापानबाट आईपुग्यो तीन लाख डोज कोरोना विरुद्धको खोप

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १० : ५२
जापानबाट आईपुग्यो तीन लाख डोज कोरोना विरुद्धको खोप

काठमाडौं । जापानबाट तीन लाख डोज एस्ट्राजेनेका कोरोना विरुद्धको खोप शनिबार बिहान काठमाडौं आइपुगेको छ । जापानले अनुदानमा दिएको कोरोनाविरुद्धको खोपको पहिलो खोप लिएर कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

पानबाट आज ३ लाखभन्दा बढी डोज खोप नेपाल आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। जापानबाट भोलि (आइतबार) थप ५ लाख डोज खोप नेपाल आउने छ।

जापान सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने प्रतिवद्धता जनाएको छ। त्यसमध्ये आज र भोली गरेर आठ लाख डोज खोप नेपाल आइपुग्दै छ। कोरोनाविरुद्ध पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका नागरिकलाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय सरकारले गरेको छ। 

प्रतिक्रिया दिनुहोस