काठमाडौं । सांसद अपहरणको आरोप लगाइएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले एमालेकै दुई सांसदलाई राजीनामा गराउने, ६ जनालाई निष्काशन गर्ने र एक जनालाई दल परिवर्तन गराउन सक्ने विपक्षीले सांसद अपहरणको गलत आरोप लगाएको भन्दै कटाक्ष गरेका छन् ।
‘दुईजना माननियलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘८७ सदस्यीय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल