एमालेका स्थानीय नेता–कार्यकर्ताबाट दलितमाथि कुटपिट

रासस

बुधबार, २० साउन २०७८, १५ : १५
एमालेका स्थानीय नेता–कार्यकर्ताबाट दलितमाथि कुटपिट

धनुषा । धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।

धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगेर उपचार गरिएको छ ।

धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु सञ्जय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादव लगायतले घरभित्रै पसेर कुटपिट गरेको घाइते श्रीचन महराले बताए । जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथि आक्रमण गर्ने गरेको महराको भनाइ छ ।

सामाजिक झै–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपिट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

प्रहरीको टोली घटनास्थल पुग्दा कुटपिट गर्नेहरु भागिसकेको जानकारी दिँदै उनले उक्त घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही गरिने बताए ।का एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।

धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगेर उपचार गरिएको छ ।

धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु सञ्जय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादव लगायतले घरभित्रै पसेर कुटपिट गरेको घाइते श्रीचन महराले बताए । जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथि आक्रमण गर्ने गरेको महराको भनाइ छ ।

सामाजिक झै–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपिट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।प्रहरीको टोली घटनास्थल पुग्दा कुटपिट गर्नेहरु भागिसकेको जानकारी दिँदै उनले उक्त घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस