निर्वाचन आयोगले गरेको जसपासम्बन्धी फैसलालाई सर्वोच्चद्वारा कारण देखाउ आदेश

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १५ : १४
निर्वाचन आयोगले गरेको जसपासम्बन्धी फैसलालाई सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

ठाकुरले जसपा विवाद निरुपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेज गर्न मागसहित सर्वोच्चमा दुईटा रिट दायर गरेका थिए।

यसविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै रिट लगाउमा राखेर सँगै सुनुवाइ गर्नसमेत आदेश गरेको छ । हेड काउन्ट गर्दा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपछि निर्वाचन आयोगले ११ साउनमा पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस