बाँकेमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १४ : ५७
बाँकेमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा मंगलबार ९ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं ५ का ५७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। साउन ४ गते सुर्खेतमा पीसीआर गरिएका उनलाई ५ गते भेरीमा भर्ना गरिएको थियो।

उनको मंगलबार बिहान सात बजे मृत्यु भएको छ। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ३ सय ७९ जना पुगेको छ।

फोकलपर्सन वलीले दिएको जानकारी अनुसार, बाँकेमा मंगलबार एक सय ७२ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्येमा बाँके जिल्ला निवासी १५ जना रहेका छन्।

भेरी अस्पतालमा ७८ जनाको परीक्षण गर्दा १० जना, कोहलपुर मेडिकल कलेजमा ६० जनामा ८ जना र बागेश्वरी ल्याबमा ३४ जनाको परीक्षण गर्दा एकजनालाई कोरोना देखिएको हो।

बाँकेमा सक्रिय संक्रमितको संख्या ९८ पुगेको छ। अस्पतालमा १४ जना सिकिस्त, १५ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मंगलबार तीन जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस