गोरु काटेको अभियोगमा छ जना पक्राउ

रासस

मंगलबार, १९ साउन २०७८, १४ : २४
गोरु काटेको अभियोगमा छ जना पक्राउ

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई   जिल्ला अदालतबाट नौ दिने  म्याद लिइ अनुसन्धान थालिएको  छ 

प्रतिक्रिया दिनुहोस