काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयको छुट नरहेको बताएका छन् । उनले असोजभित्र सबै खोप लगाउने मन्त्रीको प्रतिबद्धता र ‘खोप खोप खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा पूरा हुन कठिन रहेको उल्लेख गरे ।
संसद बैठकमा बोल्दै भट्टराईले भने, ‘६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले मात्रै पूर्णखोप र १४ प्रतिशतले पहिलो खोप लगाएका छन् । १६ हजार खोप केन्द्रमध्ये ३ हजार खोप केन्द्रमा मात्रै खोप लगाइएको छ ।
असोजभित्र सबै नागरिकलाई खोप लगाउने मन्त्रीको घोषणा पुरा हुने अवस्था छैन ।’उनले थपे, ‘प्रधानमन्त्रीज्यू, कोरोना नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन । शंकाको सुविधा छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई