काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयको छुट नरहेको बताएका छन् । उनले असोजभित्र सबै खोप लगाउने मन्त्रीको प्रतिबद्धता र ‘खोप खोप खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा पूरा हुन कठिन रहेको उल्लेख गरे ।
संसद बैठकमा बोल्दै भट्टराईले भने, ‘६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले मात्रै पूर्णखोप र १४ प्रतिशतले पहिलो खोप लगाएका छन् । १६ हजार खोप केन्द्रमध्ये ३ हजार खोप केन्द्रमा मात्रै खोप लगाइएको छ ।
असोजभित्र सबै नागरिकलाई खोप लगाउने मन्त्रीको घोषणा पुरा हुने अवस्था छैन ।’उनले थपे, ‘प्रधानमन्त्रीज्यू, कोरोना नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन । शंकाको सुविधा छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई