चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

रासस

मंगलबार, १९ साउन २०७८, १२ : ४५
चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

बैतडी । चट्याङ लागेर बैतडीमा  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो । 

उनीसँगै पानी भर्न गएका एक अर्का बालिका  भने सकुशल रहेका छन् । घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस