प्रदेश नं १ मा ७७३ सङ्क्रमित

रासस

सोमबार, १८ साउन २०७८, १९ : ४२
प्रदेश नं १ मा ७७३ सङ्क्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र एक हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा छ, उदयपुरमा पाँच, खोटाङमा तीन, पाँचथर र तेह्रथुममा दुई–दुई, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन् । सो अवधिमा यसै कारण चार महिलासहित ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज विराटनगरमा कोही पनि सङ्क्रमित भएनन् ।

प्रतिक्रिया दिनुहोस