फ्ल्याट भाडामा लिएर यौनधन्दा गराउने दुईजना महिलालाई थुनामा पठाउन आदेश

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १५ : ३६
फ्ल्याट भाडामा लिएर यौनधन्दा गराउने दुईजना महिलालाई थुनामा पठाउन आदेश

काठमाडौं । फ्ल्याट भाडामा लिएर यौनधन्दा गराउने दुईजना महिलालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ घर भएकी प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ घर भएकी ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागी केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताइन् ।

वीरगञ्जबाट काठमाडौंमा आमाको उपचार गराउन आएकी किशोरी आमाको मृत्युपछि बाफल स्थित बीना लिम्बु भन्ने ज्योती पोमुकोमा बस्न थालिन् । आमा मार्फत चिनजान भएकी ज्योतीले बाफल स्थित फ्ल्याटमा किशोरीकै अगाडी अन्य केटीहरू बोलाएर वेश्यावृत्ति गराउँथिन् । बीनाले किशोरीलाई गाली गरेको थाहा पाएपछि प्रिती थापाले ‘थानकोटमा मेरो कोठामा हिँड, त्यहाँ बच्चा रेखदेख गर तिमीलाई पढाइदिन्छु’ भनेर उनले आफ्नो फ्ल्याटमा लगिन् । 

थानकोटमा लगेर प्रीतिले किशोरीलाई फकाएर यौन धन्दामा लगाएको मानब बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताइन् । वेश्यावृत्तिमा लगाएपछि किशोरी भागेर ‘नेप्लीज होम’ नामक संस्थाको सम्पर्कमा पुगेकी थिइन् । 

मानव बेचविखन अनुसन्धान ब्यूरोले २०७८ असार २१ मा प्रिती थापा मगरलाई र असार ३० मा ज्योती पोमुलाई पक्राउ गरेको थियो । 


 

प्रतिक्रिया दिनुहोस