नेपालगञ्ज । बाँकेमा सोमबार २६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना पुष्टि भएकामध्ये १५ जना बाँके जिल्ला निवासी छन्। कोहलपुरका ९, नेपालगञ्जका ४, बैजनाथ र जानकी गाउँपालिकाका एक(एक जनामा कोरोना संक्रमण देखिएको हो।
चार जना बर्दिया र ७ जना अन्य जिल्लाका रहेका छन्। जिल्लाका तीन वटा ल्याबमा एक सय ५२ जनाको परीक्षण गरिएको थियो।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा ८९ जनाको परीक्षण गर्दा १२ जना, कोहलपुर मेडिकल कलेजमा ३७ जनामा ११ जना र बागेश्वरी ल्याबमा २६ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनका अनुसार बाँकेमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या फेरि बढ्न थालेको छ।
जिल्लामा अहिले ८२ जना सक्रिय संक्रमित रहेका छन्। अस्पतालमा १५ जना सिकिस्त, २२ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। बाँकेमा सोमबार ५ जना डिस्चार्ज भएका छन्।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १८ साउन २०७८, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण