माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, ०९ : ४६
माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।  दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले स्थगित गरिएको एक नेताले बताए । 

CG Developers Tansen Cement box

आजको बैठकबाट मन्त्रीमण्डलमा ककसलाई मन्त्रीमा पठाउने विषयमा छलफल हुने कार्यक्रम तय गरिएका थियो ।  काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि अहिलेसम्म दलहरुले नाम नदिदा उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस