काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरी प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् । “यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अव कसैले पनि नगरोस् । फेरी फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अव जे हुनेछ पारदर्शी ढंगले हुनेछ ।”अखिल फोर्स’ले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, “संविधानको संरक्षण भएको छ । संविधानको सही ब्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं ।”
वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे । उनले सही विचार आत्मसात गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।
वरिष्ठ नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानवीन गर्न सरकारसँग माग गरे । उनले सो घटनामा संलग्नलाई कारवाही गर्न भारत सरकारको पनि गम्भिर ध्यानाकर्षण गराए । वरिष्ठ नेता नेपालले भने, “महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानवीन गरियोस् । ती व्यक्तिहरु, उनीहरुको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकैै कारणले पनि एउटा नेपाली युवा पानीमा वेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।”
वरिष्ठ नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दावी गर्दै सोही अनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेतृत्व अराजक ढंगले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ साउन २०७८, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल
तत्काल सरकारमा जाने मनस्थितिमा छैन: माधव नेपाल
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल