सदस्यता विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरु छलफलमा

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १२ : ५८
सदस्यता विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरु छलफलमा

file-photo

काठमाडौँ । क्रियाशिल सदस्यता विवादले महाधिवेशन नै अन्योल बनेका बेला सत्तारुढ कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन ।

क्रियाशील सदस्यता छानविन समितिले ९६ प्रतिशत क्रियाशील सदस्यताको विषय मिलाएको छ । तर, चार प्रतिशत मिलाउन नसके पछि सभापति देउवाले शीर्षनेताहरुसँग छलफल थालेका छन ।

प्रमुख नेताहरुबीच कुरा मिले चाँडै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेर महाधिवेशन कार्यतालिकाको प्रस्ताव तयार गर्ने तयारी छ ।

क्रियाशील सदस्यता छानविन समितिले असार मसान्तभित्रै प्रतिवेदन बुझाउन सक्ने बताएपछि १२ गते नै वडा तहको अधिवेशनको कार्यतालिका तय भएका थियो भने १६ गते गाउँ अधिवेशनको मिति तय भएको थियो । तर, क्रियाशील सदस्यता छानविन समितिले नै अपूर्ण प्रतिवेदन साउन १२ गते मात्र बुझाएपछि तल्ला तहका महाधिवेशन स्थगित भएका छन् ।

प्रतिक्रिया दिनुहोस