काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा बिहीबार सभामुख सापकोटा गृहमन्त्री खाँणबीच खासगरी संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।
सभामुख सापकोटा र मन्त्री खाँणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापकका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनःस्थापनाको कार्य अघि बढाउने जानकारी दिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
त्यसक्रममा गृहमन्त्रीले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भइ राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताएका थिए ।
यसवर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । गतवर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु
बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी
ओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए देशभरको सुरक्षा ब्रिफिङ
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?