माधव नेपाल पक्षबिनै मन्त्रिपरिषद विस्तार, कसको भागमा कति मन्त्रालय ?

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, १५ : ४१
माधव नेपाल पक्षबिनै मन्त्रिपरिषद विस्तार, कसको भागमा कति मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ ।

विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने भएका छन् । काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालयको भागबन्डा लगाइएको स्रोतको भनाइ छ । कुन मन्त्रालय कसको हातमा परेको छ त्यस विषयमा छलफल नभएको स्रोतको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस