काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउन आवश्यक रहेको बताएका छन् ।
विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा यस्तो संगठन आवश्यक रहेको कुरा आफूले पहिलेदेखि उठाउँदै आएको बताए ।
आफ्नो प्रधानमन्त्री कालदेखि थालिएको बाघ संरक्षण सफल भएकोमा नेता नेपालले खुसी ब्यक्त गरे । उनले सन् २००९ मा जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा छेउ कालापत्थरमा बैठक राखेर विश्वको ध्यानाकर्षण गरेको बताए ।
उनले सन् १९१२ मा रसियामा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलन महत्त्वपूर्ण रहेको बताए । सो सम्मेलनमा बाघ संरक्षणका लागि आफूले राखेको बिचार स्मरण गराउँदै उनले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । उनले बाघ संरक्षणका लागि जे जे गर्न सकिन्छ त्यसका लागि लागि पर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल