काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसले जनाएको छ ।
बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । । बैठकमा चौधौं महाधिवेशनको तयारीका विविध विषयमा पनि छलफल हुने उनले बताए ।
नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गरिरहेको छ । निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो । काँग्रेसले आगामी भदौ १६ गतेदेखि काठमाडौंमा चौधौं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ ।
सभापति देउवा पक्षले कोभिड समस्या तथा पार्टीको आन्तरिक सांगठनिक समस्याका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडान राख्दै आएको छ । काँग्रेसको बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लाको क्रियाशील सदस्यताबारे विवाद छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?