माधव नेपाल पक्षले भन्यो -‘सरकारमा तत्काल सहभागी हुँदैनौं’

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १४ : ०९
माधव नेपाल पक्षले भन्यो -‘सरकारमा तत्काल सहभागी हुँदैनौं’

काठमाडौं । माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ । पार्टी एकताकै दिशामा रहेकोले अहिले नै सरकारमा सहभागी हुन नेपाल पक्ष असहमत भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहन गठबन्धनका सबै दलहरुका नेताहरुलाई बोलाएर बैठक गरेका थिए । सो क्रममा माधव नेपाल पक्षको प्रतिनिधित्व गदै बैठकस्थल पुगेका डा. विजय पौडेलले तत्काल सरकारमा सहभागी हुन नसकिने भनेर प्रतिकृया दिएको स्रोतको भनाइ छ ।

बिहानको बैठकमा गठबन्धनका सबै नेताहरुलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मागेका थिए। तर पौडेलले भने एमाले एकताकै पक्षको दिशामै रहेकाले सरकारमा सहभागी हुन तत्काल सम्भव नरहेको प्रतिकृया दिएको बुझिएको छ ।

यसअघि वरिष्ठ नेता माधव कुमार नेपालले एकताको प्रकृयासँगै सरकारमा सहभागी हुने बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस