नागरिकता विधेयक छिटो पारित होस् : लालबाबु पण्डित

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १४ : २६
नागरिकता विधेयक छिटो पारित होस् : लालबाबु पण्डित

काठमाडौं । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, ‘नागरिकता विधेयक छिटो पारित होस् । नेपाली नागरिकले छिटो नागरिकता प्राप्त गरुन् । निजामति विधेयक पनि छिटो पारित होस् ।’

उनले अपराधीहरू बालुवाटार नपुगुन् भनेर सचेत समेत बनाए । ‘अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्,’ पण्डितले भनिन्, ‘यदि सरकारले अपराधी छोड्ने स्थिति हो भने अपराध मौलाउने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस