अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।
सो आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ । सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई बिभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन् ।
यस कारबाहीको विषयमा तालिबान लडाकू कुनै टिप्पणी गरेका छैनन् । तालिबान लडाकू समूहले तखार प्रान्तका १६ ओटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान शहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ ।
यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धरना दिएका बताइएको छ । केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ । (सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १२ साउन २०७८, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानको मस्जिदमा आक्रमण अपडेटः सुरक्षाका लागि भक्तजनको अपिल
अफगानिस्तानमा भारी वर्षापछि बाढीः ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
अफगानिस्तान र पाकिस्तानमा बाढीको प्रकोप, ५७ जनाको मृत्यु
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
अफगानिस्तानमा रुसी जहाज दुर्घटना
टी-२० : भारतद्वारा अफगानिस्तान ३-० ले क्लिन स्विप