कांग्रेसले बनायो चार लाख नयाँ क्रियाशील सदस्य

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १३ : १२
कांग्रेसले बनायो चार लाख नयाँ क्रियाशील सदस्य

काठमाडौं । नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् । जसमध्ये ४ लाख ४३ हजार ६६८ जना जना नयाँ थपिएका छन् । त्यस्तै ४ लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ ।

काँग्रेसले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष ९७४.२६  प्रतिशत र १ लाख ९९ हजार ९७ जना महिला ९२२.६२० प्रतिशत रहेका छन् ।

अन्यमा १७६ ९०.०२० प्रतिशत जना छन् । प्रतिवेदनमा समितिका सदस्य कल्याण गुरूङले भने  नोट अफ डिसेन्ट लेखेका छन्।  छानबिनको काम नसकिँदै प्रतिवेदन बुझाइएको उनको भनाइ छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस