सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ साउन २० गतेदेखि खुल्ने

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १२ : ३१
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ साउन २० गतेदेखि खुल्ने

काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाा बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो ।

६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पााच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ ।त्यसपछि बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले कुल जारी पूाजीको ३० प्रतिशत सेयर आईपीओमार्फत बिक्री गर्न लागेको हो ।

आईपीओमा साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आईपीओ बिक्री नभएर भदौ २ गतेसम्म आवेदन दिने म्याद छ । निवेदकले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस