नबिल डिजि बैंकमा व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १९ : ५२
नबिल डिजि बैंकमा व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । 

इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ्ग सेवाहरुको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको जनाएको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको छ ।

प्रतिक्रिया दिनुहोस