नाडा अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी घोषणा

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १९ : ५०
नाडा अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी घोषणा

काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् । नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएका उनले बताएका छन् ।

अटोमोबाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं नीजि क्षेत्रमा ठूलो रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नितीगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उहाँको उद्देश्य रहेको उनले बताएका छन् । 

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालको अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस