कोरोना अपडेट : ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १६ : ४८
कोरोना अपडेट : ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ९१ जना र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३०  जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ।

गत २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ९ सय ८  जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।