काठमाडौं । जनता समाजवादीको आधिकारिता विवादमा निर्वाचन आयोगले आज केन्द्रीय कार्यकारिणी समिति र संघीय संसदका सदस्यहरुको हेडकाउन्ट गर्न लागेको छ ।
आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाको अध्यक्षतामा गठन गरेको इजालसले यस सम्वन्धी विवादमा साउन ३ गते देखि निरन्तर सुनवाई गर्दै आएको थियो । आज उसले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदहरुको हेडकाउन्ट गर्न लागेको हो ।सोही कारण जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको हेडकाउन्टका लागि भने निर्वाचन आयोगका पदाधिकारी डिल्लीबजारस्थित सदरखोर नै जाने भएका छन् ।
अहिले ११ बजे आयोगले कार्यकरिणी समिति र सांसदहरुलाई आयोगमा नागरिकता सहित आउन भनेको थियो । आयोगले हेडकाउन्ट गर्ने भएपछि अल्पमतमा रहेका महन्थ ठाकुर पक्ष हेडकाउन्ट रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले महन्थको माग अनुसार अन्तरिम आदेश नदिएपछि हेडकाउन्टका लागि बाटो खुलेको थियो ।
त्यसपछि आज आयोगले कुन नेता कुन पक्षमा छन् भनेर टाउको गन्न लागेको हो । त्यही क्रममा कैलाली घटनाको दोषी करार भई जेलमा रहेका रेशम चौधरीको पनि हेडकाउन्ट गर्न आयोगले लागेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगका पदाधिकारीले जेलमै पुगेर चौधरीको हेडकाउन्ट गर्ने तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी