काठमाडौं । जनता समाजवादीको आधिकारिता विवादमा निर्वाचन आयोगले आज केन्द्रीय कार्यकारिणी समिति र संघीय संसदका सदस्यहरुको हेडकाउन्ट गर्न लागेको छ ।
आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाको अध्यक्षतामा गठन गरेको इजालसले यस सम्वन्धी विवादमा साउन ३ गते देखि निरन्तर सुनवाई गर्दै आएको थियो । आज उसले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदहरुको हेडकाउन्ट गर्न लागेको हो ।सोही कारण जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको हेडकाउन्टका लागि भने निर्वाचन आयोगका पदाधिकारी डिल्लीबजारस्थित सदरखोर नै जाने भएका छन् ।
अहिले ११ बजे आयोगले कार्यकरिणी समिति र सांसदहरुलाई आयोगमा नागरिकता सहित आउन भनेको थियो । आयोगले हेडकाउन्ट गर्ने भएपछि अल्पमतमा रहेका महन्थ ठाकुर पक्ष हेडकाउन्ट रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले महन्थको माग अनुसार अन्तरिम आदेश नदिएपछि हेडकाउन्टका लागि बाटो खुलेको थियो ।
त्यसपछि आज आयोगले कुन नेता कुन पक्षमा छन् भनेर टाउको गन्न लागेको हो । त्यही क्रममा कैलाली घटनाको दोषी करार भई जेलमा रहेका रेशम चौधरीको पनि हेडकाउन्ट गर्न आयोगले लागेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगका पदाधिकारीले जेलमै पुगेर चौधरीको हेडकाउन्ट गर्ने तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग