काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यलाई रिसोर्टमा राखिएको छ । निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार ‘हेड काउन्ट’ को आधारमा निर्णय सुनाउने भएपछि यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखिएको हो ।
ललितपुरको गोदावरीस्थित रिसोर्टमा ३२ कार्यकारिणी सदस्य रहेको बताइएको छ । सो पार्टीका नेता इस्तियाक राईले गोदावरीमा कार्यकारिणी सदस्यसँग छलफल भइरहेको बताए । उनले प्रशिक्षणसहित समसामयिक विषयमा छलफलको उद्देश्यका साथ रिसोर्टमा बसिएको दावी गरे ।
यही बीच आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्ष भने सर्वोच्च अदालत पुगेको छ । ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताएका छन् ।
निर्वाचन आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको थियो ।
जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० साउन २०७८, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै