काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन भने सोमबार बिहानसम्म उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका सदस्यहरू थपिने भएका छन्।
जसपामा उत्पन्न विवादका कारण कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षद्वय यादव र ठाकुर पक्षमा विभिाजित भएका छन्।
अहिलेसम्म कार्यकारिणी समितिका ३२ जना यादवको पक्षमा र १९ जना ठाकुरको पक्षमा खुलेका छन्। ठाकुर पक्षका राजकिशोर यादवले आफू कुनै पक्षमा नलागेको प्रष्ट पारेका छन्। ठाकुर पक्षका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा छन्। हेड काउन्टमा उनी जाने अवस्था छैन।
निर्वाचन आयोगले विवाद निरूपण गर्न सोमबार कार्यकारिणी समितिका सबै सदस्यलाई कार्यालयमा बोलाएको छ।
यादव पक्षका एक नेताले दिएको जानकारी अनुसार सोमबार बिहानसम्म ठाकुर पक्षका केही कार्यकारिणी सदस्यहरूले यादवको पक्षमा जाने बताएका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० साउन २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरी-३ मा उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै रास्वपाका चौधरी विजयी
‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ : उपेन्द्र यादव
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट