काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन भने सोमबार बिहानसम्म उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका सदस्यहरू थपिने भएका छन्।
जसपामा उत्पन्न विवादका कारण कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षद्वय यादव र ठाकुर पक्षमा विभिाजित भएका छन्।
अहिलेसम्म कार्यकारिणी समितिका ३२ जना यादवको पक्षमा र १९ जना ठाकुरको पक्षमा खुलेका छन्। ठाकुर पक्षका राजकिशोर यादवले आफू कुनै पक्षमा नलागेको प्रष्ट पारेका छन्। ठाकुर पक्षका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा छन्। हेड काउन्टमा उनी जाने अवस्था छैन।
निर्वाचन आयोगले विवाद निरूपण गर्न सोमबार कार्यकारिणी समितिका सबै सदस्यलाई कार्यालयमा बोलाएको छ।
यादव पक्षका एक नेताले दिएको जानकारी अनुसार सोमबार बिहानसम्म ठाकुर पक्षका केही कार्यकारिणी सदस्यहरूले यादवको पक्षमा जाने बताएका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० साउन २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता