भक्तपुर । ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबाग रहेका छन् । राजबागलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।
सोही नगरपालिका-९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी पूर्णले ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर